1 John 4:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्ने आत्माचाहिँ परमेश्वरको आत्मा होइन। यो आत्माचाहिँ ख्रीष्ट-विरोधीबाट आएको हो। त्यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्यो अहिले नै संसारमा आइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन। अनि यही नै ख्रीष्ट विरोधीको आत्मा हो, जो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरुले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।
Nepali Tamang 2011
येशू परमेश्वरग्याम फेप्खबा हिन्ना भिबा तामदा विश्वास आलबा म्हिगदेदेन छ्याम परमेश्वरला आत्मा आत। तर थेदेन छ्याम ख्रीष्टदा बिरोध लबाला आत्मा तला। थे आत्मा खाल भिबा ताम एनीगदेसे ङाच्छान थेःसी जिन्बा मुला। दान्दे थे आत्मा जम्बुलिङरी खसी जिन्बा मुला।