1 John 4:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बालक हो, तिमीहरू परमेश्वरका हौ र तिमीहरूले झूटा अगमवक्ताहरूलाई जितेका छौ किनभने तिमीहरूमा हुनुहुने पवित्र आत्माचाहिँ संसारमा हुनेहरूमा भएको आत्माभन्दा शक्तिशाली हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।
Nepali Tamang 2011
ङाला कोलागदे, एनीगदे चा परमेश्वरला हिन्ना। थेतबासेलमा एनीगदेसे थे लुसीला ताम पाङ्बा अगमवक्तागदेदा ढाबा मुला। तिग्दा भिसम एनीगदे न्हङरी मुबा परमेश्वरला आत्मा चा जम्बुलिङरी मुबा आज्यबा आत्मा भन्दा घ्रेन हिन्ना।