1 John 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी त परमेश्वरका हौं र जसले परमेश्वरलाई चिनेको छ, उसले हाम्रो कुरा सुन्छ। जो परमेश्वरको मानिस होइन, उसले हाम्रो कुरा सुन्दैन। यसरी नै हामीले साँचो आत्मा र झूट आत्मा छुट्ट्याउन सक्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी परमेश्वरका हौँ, र जसले परमेश्वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।
Nepali Tamang 2011
तर य्हाङ मी परमेश्वरला म्हि हिन्ना। जुन म्हिसे परमेश्वरदा ङोसेबा मुला थेसे य्हाङला ताम ङ्यान्ना। ओच्छे जुन म्हि परमेश्वरला म्हि आहिन, थेसे य्हाङसे पाङ्बा ताम आङ्यान। चुग्यामसेन य्हाङसे सत्य आत्मादेन फट्टा आत्मादा ङोसेखम्ला।