1 John 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा परमेश्वरको पुत्रमाथि विश्वास गर्नेको आफ्नै हृदयभित्र यही साक्षी हुन्छ। तर परमेश्वरमा विश्वास नगर्नेचाहिँ परमेश्वरको साक्षीलाई नै झूटो सम्झन्छ किनभने पुत्रको बारेमा परमेश्वरले दिनुभएको साक्षीलाई नै पत्याउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक व्यक्ति जसले परमेश्वरका पुत्रमाथि विश्वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्वरमा विश्वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्वास गरेको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्हिसे परमेश्वरला झादा विश्वास लला, थेला ह्राङलान सेम न्हङरी चु जम्मान ताम था तला। तर जुन म्हिसे परमेश्वरदा विश्वास आल, थेसे परमेश्वरसे सुङ्बा सत्य तामदान लुसीला ताम हिन्ना भिसी म्हन्ना। तिग्दा भिसम परमेश्वरसे ह्राङला झाला बारेरी सुङ्बा तामनोन थेसे विश्वास आल।