1 John 5:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले आफ्नो भाइलाई मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने परमेश्वरसित प्रार्थना गरिदेओस् र परमेश्वरले उसलाई जीवन दिनुहुनेछ। तर योचाहिँ मृत्युमा नपुर्याउने पाप गर्नेको लागि मात्र हो। मृत्युमा पुर्याउने पाप पनि छ। तर म तिमीहरूलाई यसको लागि प्रार्थना गर्न भन्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।
Nepali Tamang 2011
चुदे खालै म्हिसे ह्राङला ज्योज्यो आले नाना आङासे सिना आलबा पाप लबा म्राङ्जी भिसम थेला लागिरी परमेश्वरदेन छ्याम प्रार्थना लसी पिन्गो। थेह्रङ् लसी एनीगदेसे प्रार्थना लजी भिसम थेसे जुकजुकधोनाला जुनी याङ्ला। तर सिना लबा पापएनोन मुला, थेह्रङ्बा पाप लबा म्हिगदेला लागिरी चा प्रार्थना लउ भिसी ङाइ एनीगदे खालैदान आपाङ्।