1 John 5:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्ट पानी र रगतले आउनुभयो, पानीले मात्र होइन, रगतले पनि हो। यो सत्य हो भनी पवित्र आत्मा नै साक्षी हुनुहुन्छ किनभने पवित्र आत्मा नै सत्य हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।
Nepali Tamang 2011
येशू ख्रीष्टदा क्युइदेन काग्याम उन्जी। क्युइग्यामसे जे आहिन, काग्यामसेनोन हिन्ना। चु ताम सत्य हिन्ना भिसी परमेश्वरला आत्मासेन पाङ्बा मुला, तिग्दा भिसम परमेश्वरला आत्मा सत्य हिन्ना।