1 Kings 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब नातान सोलोमनकी आमा बतशेबाकहाँ गए र सोधे, “हग्‍गितको छोरो अदोनियाह राजा भएको कुरा के तपाईंलाई थाहा भएन? अनि यसबारे दाऊद राजालाई केही कुरा थाहा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्‍नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्‍गीतका छोरा अदोनियाह राजा भएछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के हग्गीतका छोरा अदोनियाह राजा भएको तिमीले सुनेकी छैनौ? यसको बारेमा तिम्रा स्वामी दावीदलाई थाहै छैन।
Nepali ERV (पवित्र बाइबल)
तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्।