1 Kings 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले धेरै गाई-वस्‍तुहरू, मोटा-मोटा बाछाहरू र भेडाहरू बलि चढाएछन् र तपाईंका छोरा अबियाथार पूजाहारी र सेनापति योआबलाई भोजमा निम्‍त्‍याएछन्, तर तपाईंको छोरो सोलोमनलाई चाहिँ निम्‍तो पठाएनछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले धेरै संख्‍यामा गाईबस्‍तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्‍तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्‍तो दिएनछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेर राजाका छोराहरूलाई, पुजारी अबीयाथारलाई र तपाईंका फौजका सेनापति योआबलाई निम्तो दिएका छन्। तर तिनले हजुरको सेवक सोलोमनलाई निम्त्याएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन।