1 Kings 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे महाराज! इस्राएलका सारा प्रजाले हजुरपछि को राजा हुने भनेर हजुरको मुखबाट सुन्‍न पर्खिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्‍नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा स्वामी महाराजा, हजुरपछि सिंहासनमा को बस्‍ने हो, सो जान्‍नलाई सारा इस्राएलले तपाईंतिर हेरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्।