1 Kings 1:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सिंहासनमा बस्‍न तिमीहरूसँगै त्‍यसलाई फर्काएर ल्‍याउनू। मपछि त्‍यो राजा हुनेछ किनभने मैले त्‍यसलाई यहूदा र इस्राएलका राजा हुन चुनेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरू त्‍योसँग उक्‍लेर आओ, र त्‍यो भित्र पसेर मेरो सिंहासनमा बसोस्, र मेरो सट्टामा त्‍यसले राज्‍य गरोस्‌। इस्राएल र यहूदामाथि शासन गर्नलाई मैले त्‍यसलाई नियुक्त गरेको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरू उसित जाओ, र ऊ आएर मेरो सिंहासनमाथि बसोस्। अनि मेरो ठाउँमा शासन गरोस्। मैले त्यसलाई इस्राएल र यहूदामाथि शासन गर्न नियुक्त गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”