1 Kings 1:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरसित परमप्रभु रहनुभएझैँ उहाँ सोलोमनसित पनि रहून् र तिनको राज्‍यकाल हजुरको भन्दा पनि बढी फलोस्-फुलोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी मेरा महाराजासँग परमप्रभु हुनुहुन्‍थ्‍यो, त्‍यसरी नै उहाँ सोलोमनसँग पनि होऊन्, र तिनको सिंहासन मेरा प्रभु महाराजा दाऊदको सिंहासनभन्‍दा पनि उच्‍च बनाऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी याहवेह मेरा मालिक महाराजासित हुनुहुन्थ्यो, उहाँ सोलोमनको साथमा पनि होऊन् र तिनको सिंहासन मेरा मालिक महाराजा दावीदको भन्दा पनि महान् बनाऊन्!”
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढनेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”