1 Kings 1:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्‍नो कुरा भनिसकेकै थिएनन् कि अबियाथार पूजाहारीको छोरो जोनाथन त्‍यहाँ आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमी त असल मानिस हौ र असल खबर नै ल्‍याएको हौला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनी यसो भनेर बोल्‍दैथिए, अबियाथार पूजाहारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्‍ता योग्‍य मानिसले असल समाचार ल्‍याएको हुनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बोलिरहेकै बेला अबीयाथार पुजारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्तो योग्य मानिसले असल खबर नै ल्याएको हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”