1 Kings 1:47 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमाथि राजदरबारमा भारदारहरू राजालाई सम्‍मान चढाउन गए र भने, ‘राजाका परमेश्‍वरले सोलोमनलाई हजुरभन्दा प्रसिद्ध बनाऊन् र उनको शासन हजुरको भन्दा बढी फलोस्-फुलोस्।’ त्‍यसपछि परमेश्‍वरलाई पुज्‍दै दाऊद राजाले पलङमाथि नै उहाँलाई प्रणाम गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राजकीय अधिकारीहरू पनि हाम्रा प्रभु दाऊद महाराजालाई यसो भनेर अभिवादन गर्नलाई गएका छन्, ‘हजूरका परमेश्‍वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्‍दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्‍दा पनि अझ प्रतापी बनाऊन्‌।’ अनि राजाले आफ्‍नो पलङ्गमा बसेर नै दण्‍डवत्‌ गरेर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकीय अधिकृतहरू पनि ‘तपाईंका परमेश्‍वरले सोलोमनको नाम तपाईंको नामभन्दा महान् बनाऊन्। उहाँको सिंहासन तपाईंको भन्दा महान् बनाऊन्’ भन्दै मालिक महाराजा दावीदलाई बधाई दिन आएका छन्! अनि आफ्नो पलङमा आराधनाकासाथ निहुरेर राजाले भने,