1 Kings 1:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अदोनियाह डराएर वेदीका कुनाका चोसाहरू समातेर उभिरहेका खबर सोलोमन राजाकहाँ पुग्‍यो। “सोलोमन राजाले मलाई प्राणदण्‍ड दिनुहुन्‍न भनी पहिले शपथ खाऊन् भनी उनले भनेको कुरा पनि राजालाई सुनाइयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कसैले गएर यो समाचार सोलोमनलाई सुनाए, “अदोनियाह सोलोमन राजादेखि डराएका छन्, र उनले वेदीका सीङहरू समातिराखेका छन्‌। उनी भन्‍छन्, ‘राजा सोलोमनले आफ्‍नो दासलाई “म तरवारले मार्नेछैनँ,” भनी आज शपथ खाएर मलाई भनून्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सोलोमनलाई यसो भनियो, “अदोनियाह राजा सोलोमनसित डराएर वेदीका सिङहरू समातेर बसिरहेका छन्। तिनी भन्छन्, ‘राजा सोलोमनले उहाँको सेवकलाई तरवारले मार्नुहुनेछैन भनी मसित शपथ खाऊन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सीगं समाते र पवित्र पालमा बसेको छ अनि छोडन पनि चाहदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।”‘