1 Kings 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन अदोनियाहले एन-रोगेलनिरको खोल्‍सोछेउको जोहेलेत भन्‍ने चट्टानमा भेडा, साँढे र घरमा पालेका मोटा-मोटा बाछाहरूको बलि चढाए। तिनले दाऊद राजाका अन्‍य छोराहरू र यहूदाबाट आएका तिनका अधिकृतहरूलाई त्‍यस बलिको भोजमा निम्‍त्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्‍ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्‍ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्‍तो दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अदोनियाहले एन-रोगेलको छेउमा भएको जोहेलेतको ढुङ्गामा भेडा, गाईबस्तु र पोसिएका बाछाहरू बलिदान गरे। तिनले राजाका छोराहरू, अर्थात् आफ्ना सबै दाजुभाइहरूलाई र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्त्याए।
Nepali ERV (पवित्र बाइबल)
एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।