1 Kings 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती काठ सोलोमनले मन्दिर र महलका घेरा र गाउने बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाउने काममा चलाए। इस्राएलमा पैठारी गरी ल्याएका काठहरूमध्ये ती सबैभन्दा असल काठ थिए, त्यस्ता काठ फेरि कहिल्यै देखिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले यी चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र तिनका राजमहलको निम्ति अड़्याउने खम्बाहरू बनाए, अनि गाउनेहरूका निम्ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्दनको काठ कहिल्यै पैठारी गरिएका थिएनन्, र त्यस बेलादेखि यसो देखिएको पनि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले चन्दनका काठहरू याहवेहको मन्दिर अनि राजमहलमा टेको बनाउन र वाद्य-वादकहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा प्रयोग गरे। त्यस दिनदेखि यता त्यत्तिको मात्रामा चन्दनको काठ भित्र्याइएको वा देखिएको छैन।)
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गाी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।