1 Kings 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबाकी रानीले मागेका सबै थोक सोलोमन राजाले तिनलाई दिए। ती बाहेक उनले अरू चल्दैआएका रीतिअनुसार दिनुपर्ने कोसेली पनि मुठी खोलेर दिएका थिए। त्यसपछि आफ्ना नोकर चाकरसाथ लिई रानी आफ्नो देशमा फर्किन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए। त्यसपछि तिनी लावालश्करसाथ आफ्नो देशमा फर्किन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेबाकी रानीलाई पनि तिनले इच्छा गरेका र मागेका सबै चीज दिए, र तीबाहेक राजा सोलोमनले आफ्नो राजकीय प्रशस्तताबाट पनि दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
Nepali ERV (पवित्र बाइबल)
तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।