1 Kings 10:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-20] सिंहासनमा छ वटा उक्लने खुट्किला थिए र प्रत्येक खुट्किलाको छेउ-छेउमा एकएक वटा गरी जम्मा बाह्र वटा सिंहका मूर्तिहरू थिए। सिंहासनको पछिल्तिर सिंहका टाउकोमा मूर्ति बनेको थियो र आसनका दायाँ-बायाँतर्फ बाहु राख्नलाई एक-एक वटा सिंहको मूर्ति थियो। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्यै पनि बनिएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनमा उक्लने छ वटा खुट्किला थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो थियो। बस्ने आसनका दुवैपट्टि हात अड़्याउने बाहु थिए। छेउ-छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सिंहासनमा छ वटा खुड्किलाहरू थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो बनाइएको थियो। आसनका दुवैतिर हात राख्ने बाहु थिए। प्रत्येक बाहुको छेउ-छेउमा एक-एक वटा सिंह खडा गरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू।