1 Kings 10:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी धेरै नोकर-चाकरका साथ मसला, बहुमूल्‍य रत्‍न र धेरै सुनले लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्‍ना मनमा भएका सबै प्रश्‍नहरू सोधिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी एक साह्रै ठूलो लावालश्‍करसाथ यरूशलेममा आइन्‌— मसलाहरू, धेरै सुन र बहुमूल्‍य रत्‍नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्‍नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्।
Nepali ERV (पवित्र बाइबल)
तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।