1 Kings 10:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीरामका जहाजहरूसित समुद्रमा यात्रा गर्ने उनका व्यापारी जहाजहरू थिए। तीन वर्षमा एक पटक सुन, चाँदी, हस्ती दाँत, पुच्छरबिनाका ठूला बाँदर र अन्य स-साना बाँदरहरू लिएर उनका जहाजहरू फर्कन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हीरामका जहाजहरूको साथमा, राजाका व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तीन वर्षमा ती जहाजहरूले सुन, चाँदी, हस्तीदन्त, ढेढुहरू र मयूरहरू लिएर आउँथे।
Nepali ERV (पवित्र बाइबल)
राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।