1 Kings 10:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीकहाँ आउने प्रत्‍येक व्‍यक्ति केही न केही भेटी लिएर आउँथ्‍यो। भेटीहरू सुन वा चाँदीका चीज, लत्ता-कपडा, हात-हतियार, मसला, घोडा र खच्‍चरहरू हुन्‍थे। धेरै सालसम्‍म त्‍यस्‍तो भइरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी आउने हरेकले प्रतिवर्ष आफ्‍नो कोसेली, चाँदी, सुनका चीजहरू, लुगाहरू, हातहतियारहरू, मसलाहरू, घोड़ा र खच्‍चरहरू ल्‍याउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू, मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।