1 Kings 10:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले चौध सय रथ र बाह्र हजार घोडचढीहरूको एउटा सेना बनाए। तीमध्ये केही उनले यरूशलेममा राखे र बाँकी भिन्न-भिन्न सहरहरूमा पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले रथहरू र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथहरू र बाह्र हजार घोड़ाहरू थिए, जो तिनले रथहरू राख्ने सहरहरूमा र आफूसित यरूशलेममा पनि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्राएललाई समृद्ध बनाएका थिए।