1 Kings 10:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले राजाका टेबिलका भोजन, भारदारहरूका बस्ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले पहिरेका पोशाक, भोजका बेलामा तिनको सेवा गर्ने चाकरहरू र तिनले मन्दिरमा चढाएका बलिदानहरू देखिन्। ती देखेर तिनी छक्क परिन् र बोल्न सकिनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्क परिन्।
Nepali ERV (पवित्र बाइबल)
रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, ‘लामो सास फेर्ने बनाइ दिए।’