1 Kings 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफैं आएर ती आफ्‍नै आँखाले नदेखेसम्‍म मैले विश्‍वास गर्न सकेकी थिइनँ। तर मैले त आधा पनि सुनेको रहेनछु। तपाईंका बुद्धि र धन-सम्‍पत्ति मैले सुनेभन्दा धेरै रहेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आएर आफ्‍नै आँखाले नदेखुञ्‍जेल मैले पत्‍याएकी थिइनँ। साँच्‍चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्‍पत्ति मैले सुनेको कुराभन्‍दा त धेरै ज्‍यादा रहेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।