1 Kings 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा होस्! उहाँ तपाईंसित कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई इस्राएलका राजा बनाउनुभएर उहाँले देखाउनुभएको छ। इस्राएलप्रति उहाँको प्रेम अमर छ। यसकारण कानुन र न्याय कायम राख्न उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंसित प्रसन्न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। इस्राएलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तपाईंका परमेश्वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। वहाले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”