1 Kings 11:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मिद्यानबाट गई पारानमा बसे। त्यहाँ कोही अरू मानिसहरू तिनीहरूका साथ लागे। तब तिनीहरू मिश्रमा गए र त्यहाँका राजाकहाँ पुगे। मिश्रका राजाले हददलाई केही जमिन र एउटा घर दिए, खानपानको प्रबन्ध पनि गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू मिद्यानबाट निस्केर पारानमा गए। पारानबाट केही मानिसहरू साथमा लिएर उनीहरू मिश्रदेशका राजा फारोकहाँ आए। उनले हददलाई एउटा घर र जग्गाजमिन अनि खाने-पिउने बन्दोबस्त जुटाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मिद्यानबाट हिँडे, र पारानमा गए। तब आफूसित पारानका मानिसहरू लिएर तिनीहरू इजिप्टमा त्यहाँका राजा फारोकहाँ गए, जसले हददलाई एउटा घर, जमिन र भोजन जुटाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।