1 Kings 11:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले गनूबत नामको हददको छोरो जन्‍माइन्। त्‍यस बालकलाई रानीले राजमहलमा हुर्काइन् र त्‍यो महलमा राजकुमारहरूसित बास गर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तहपेनसकी बहिनीले हददबाट गनूबत नामक छोरो जन्माइन्, जसलाई तहपेनसले फारोको राजमहलमा हुर्काइन्‌। गनूबत त्‍यहाँ फारोका आफ्‍नै नानीहरूसँगै बढ़्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तहपनेसकी बहिनीले गनूबत नाम गरेको एउटा छोरा जन्माइन् र गनूबतलाई राजकीय महलमा फारोका छोराछोरीसित हुर्काइन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गन्‌बत राखे। रानी तहपनेसले गन्‌बतलाई आफ्ना नानीहरू सँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।