1 Kings 11:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद र उनका सेनापति योआब मरे भन्‍ने खबर हददले मिश्रमा पाए र उनले मिश्रका राजालाई भने, “मलाई आफ्‍नै देशमा फर्किजान दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशमा छँदा हददले दाऊद आफ्‍ना पित्रहरूसँग सुतिसकेका र तिनका सेनापति योआब पनि मरेका खबर सुने। तब हददले फारोलाई भने, “मलाई आफ्‍नो देशमा फर्कने अनुमति दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हदद इजिप्टमा हुँदा तिनले दावीद आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरेको र फौजका सेनापति योआबको पनि मृत्यु भएको कुरा सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नै देशमा फर्केर जान दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”