1 Kings 11:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “किन? के मैले केही कुरो दिइनँ र? के त्‍यही कारण तिमी घर फर्किजान चाहन्‍छौ?” “त्‍यसो त होइन तर म घर फर्किजान पाऊँ,” हददले राजालाई जवाफ दिए र उनी आफ्‍ना देशमा फर्किहाले। एदोमका राजा हुनाले हदद इस्राएलका ठूला शत्रु थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले सोधे, “मेरो देशमा तिमीलाई केको अभाव भयो र तिमी आफ्‍नो देशमा फर्किजान चाहन्‍छौ?” हददले जवाफ दिए, “केही कुराको अभाव त छैन, तर बिन्‍ती छ, मलाई जान दिनुहोस्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले सोधे, “तपाईंलाई यहाँ के कुराको अभाव छ र तपाईं आफ्नै देशमा जान चाहनुहुन्छ?” हददले जवाफ दिए, “केही कुराको अभाव छैन; तैपनि बिन्ती छ, मलाई जान दिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”