1 Kings 11:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक हुल डाँकाहरूका सरदार भएका थिए। दाऊदले हददेजेरलाई जितेर उनका मित्र अरामी देशलाई नाश गरेपछि यो कुरा भएको हो। रेसोन र उनका दलका मानिसहरू दमस्कस गई बसे र त्यहाँ तिनीहरूले रेसोनलाई अरामीका राजा बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊदले सोबाको दललाई नष्ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्यसलाई आफ्नो वशमा पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए।