1 Kings 11:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन यारोबाम यरूशलेमबाट गइरहेका बेलामा शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्‍टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यारोबामचाहिँ यरूशलेमबाट बाहिर जाँदैथिए, र तिनलाई नयाँ खास्टो ओढेका शीलोका अगमवक्ता अहीयाहले बाटोमा भेटे। त्यस मैदानमा तिनीहरू दुई जना मात्र थिए।
Nepali ERV (पवित्र बाइबल)
एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।