1 Kings 11:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यारोबामलाई भने, “दश टुक्रा तिमी लेऊ किनभने परमप्रभु इस्राएलका परमेश्‍वर तिमीलाई यसो भन्‍नुहुन्‍छ, ‘म सोलोमनका हातबाट देश लिनेछु र दश कुलहरू तँलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले यारोबामलाई भने, “यसबाट दश टुक्रा तिम्रो निम्‍ति लेऊ, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर, म सोलोमनको हातबाट राज्‍य खोस्‍नेछु, र तँलाई दश कुल दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले यारोबामलाई भने, “तिमीले आफ्ना निम्ति दश टुक्रा लेऊ; किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर्, म सोलोमनको हातबाट राज्य खोसेर तँलाई दश वटा कुल दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।