1 Kings 11:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले मलाई अस्‍वीकार गरेर पराई देवताहरू, सीदोनी देवी अश्‍तोरेत, मोआबी देवता कमोश र अम्‍मोनी देवता मोलेखलाई पुजेका हुनाले म यसो गर्दै छु। सोलोमनले मेरो आज्ञा मानेन, दुष्‍कर्म गर्‍यो र त्‍यसका पिताले झैँ मेरा नियम र आज्ञाहरू पालन गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्‍यागेका छन्, र सीदोनीहरूकी अश्‍तोरेत देवी, मोआबको देवता कमोश र अम्‍मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन्‌ न त मेरो दृष्‍टिमा जे ठीक छ त्‍यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यो गर्नेछु, किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीमहरूको देवता मोलेखलाई पुजेका छन्; अनि मेरा मार्गहरूमा हिँडेका छैनन्। न त मेरो दृष्‍टिमा जे ठिक छ, ती गरेका छन्; न त सोलोमनका पिता दावीदले झैँ मेरा उर्दीहरू, व्यवस्थाहरू पालन गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।