1 Kings 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] परमप्रभु इस्राएलका परमेश्‍वरले दुई चोटि सोलोमनकहाँ देखा पर्नुभएर विदेशी देवताहरूको पूजा नगर्नू भन्‍नुभएको थियो। तरै पनि सोलोमनले परमप्रभुको आज्ञापालन गरेनन् तर उहाँबाट टाढा भए। यसकारण परमप्रभु सोलोमनसित रिसाउनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु सोलोमनसँग रिसाउनुभयो, किनभने तिनीकहाँ दुई पल्‍ट देखा पर्नुहुने परमप्रभु इस्राएलका परमेश्‍वरदेखि तिनको हृदय तर्केर गएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनकहाँ दुई पल्ट देखा पर्नुहुने याहवेह, इस्राएलका परमेश्‍वरदेखि तिनी तर्किगएकाले याहवेह तिनीसित रिसाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो।