1 Kings 12:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्— ‘मेरा पिताका कम्मरभन्दा मेरो कान्छी औँलो अलि मोटो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “‘हजूरका पिताले हामीमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, र त्यो हलुङ्गो पारिदिनुहोस्’ भनी हजूरलाई भन्ने यी मानिसहरूलाई भन्नुहोस्, ‘मेरो कान्छी औँली मेरा पिताको कम्मरभन्दा मोटो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्ने यी मानिसहरूलाई यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।
Nepali ERV (पवित्र बाइबल)
राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ।