1 Kings 12:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पिताले तिमीहरूलाई गह्रौं भारी बोकाए, म ती भारीभन्दा अझ गह्रौं भारी बोकाउनेछु। मेरा पिताले तिमीहरूलाई हलुङ्गो कोर्रा लाएथे, म घोडाको चाबुक लाउनेछु’!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।”‘