1 Kings 12:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युवाहरूका सल्लाह बमोजिम रूखो उत्तर दिए। तिनले भने, “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले तिनीहरूलाई हलुङ्गो कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जवानहरूले दिएको सल्लाह मानेर भने, “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ पारिदिनुभएको थियो। म त्यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवान मानिसहरूको सल्लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।”