1 Kings 12:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरा यारोबामलाई जे भन्नुभएको थियो, त्यो पूरा गर्ने परमप्रभुको इच्छा थियो। त्यही कारण राजाले प्रजाका बिन्तीमा केही ध्यान दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्तो स्थिति ल्याउनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेहले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।