1 Kings 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्‍ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्‍च्‍याएर भने, “दाऊद र तिनका सन्‍तानबाट हामीलाई के आशा? तिनीहरूले हाम्रा लागि कहिले के नै गरे र? इस्राएलीहरू हो! घर छिट्टै हिंडौं, दाऊदका सन्‍तानले आफ्‍नो घर आफैं सम्‍हालोस्!” त्‍यसपछि इस्राएलका मानिसहरू बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी इस्राएलीहरू आ-आफ्ना घरतिर गए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।