1 Kings 12:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम मिश्रदेशबाट फर्किआएका छन् भनी इस्राएलका मानिसहरूले सुनेर तिनीहरूले तिनलाई एउटा जनसभामा बोलाए र इस्राएलका राजा बनाए। यहूदा कुलले मात्र दाऊदका सन्तानप्रति राजभक्ति देखाइरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यारोबाम फर्केर आएका छन् भनी सबै इस्राएलीहरूले सुने, तब तिनीहरूले मानिसहरू पठाएर तिनलाई सभामा बोलाए, र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए। यहूदाको कुल मात्र दाऊदका घरानाको राजभक्त भइरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा इस्राएलीहरूले यारोबाम फर्किआएको कुरा सुने, तब तिनीहरूले खबर पठाएर तिनलाई सभामा बोलाए। अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; र यहूदाको कुल मात्र दावीदको घरानाप्रति विश्वासयोग्य भइरहे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।