1 Kings 12:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब रहबाम यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलका उत्तरी भागका कुलहरूमाथि फेरि अधिकार गर्ने तिनको इच्छा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब रहबाम यरूशलेममा आइपुगे, तब सोलोमनका छोरा रहबामको निम्ति राज्य फिर्ता लिन इस्राएलका घरानाको विरुद्धमा लड़ाइँ गर्न यहूदा र बेन्यामीनका कुलका एक लाख असी हजार योद्धाहरूलाई तिनले भेला गराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई सारा यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
Nepali ERV (पवित्र बाइबल)
रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे।