1 Kings 12:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आफ्नै दाजुभाइ इस्राएलका मानिसहरूमाथि हमला नगर। तिमीहरू सबै घर जाओ। जे भएको छ, त्यो मेरो इच्छाले भएको हो।” तिनीहरू सबैले परमप्रभुका आज्ञापालन गरे र तिनीहरू आफ्ना घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्लेर नजाओ। तिमीहरू हरेक आ-आफ्नो घर फर्केर जाओ, किनकि यो काम मैले गरेको हो’।” यसैले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएझैँ तिनीहरूले परमप्रभुको वचन पालन गरेर तिनीहरू आ-आफ्नो घर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ, ‘आफ्ना दाजुभाइ इस्राएलीहरूको विरुद्धमा लडाइँ गर्न नजानू। तिमीहरू प्रत्येक आ-आफ्ना घरमा फर्केर जाओ; किनकि यो कुरा मैले नै गरेको हुँ।’ ” यसकारण तिनीहरूले याहवेहको वचन माने; अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरू फेरि आ-आफ्ना घर फर्के।
Nepali ERV (पवित्र बाइबल)
उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।