1 Kings 12:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमको पहाडी भू-भागमा भएको शकेम सहर यारोबाम राजाले सुरक्षित बनाए र केही समय त्यहाँ बास गरे। त्यसपछि त्यहाँबाट बिदा भई तिनले पनीएल सहर सुरक्षित बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यारोबामले एफ्राइमको पहाड़ी देशमा भएको शकेमलाई किल्ला बनाएर सुरक्षित पारे, र त्यहीँ नै बसोबास गरे। त्यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यारोबामले एफ्राइमको पहाडी देशमा भएको शेकेमलाई सुदृढ पारे र त्यहीँ नै बसोबास गरे। त्यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पन्एल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।