1 Kings 12:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस विषयमा विचार गरेपछि तिनले सुनका दुई वटा साँढेहरू बनाए र आफ्‍ना मानिसहरूलाई भने, “तिमीहरू धेरै दिनदेखि यरूशलेममा पूजा गर्न गइरहेका छौ। तर इस्राएलीहरू हो! हेर, तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने देवताहरू यिनै हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सरसल्‍लाह लिएर राजाले सुनका दुई वटा बाछा बनाए। तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेममा जान अति कष्‍ट हुन्‍छ। हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएका तिमीहरूका देवताहरू त यहाँ पो छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सरसल्‍लाह लिइसकेपछि, तिनले सुनका दुई वटा बाछाहरू बनाए। तब तिनले मानिसहरूलाई भने, “यरूशलेममा जान तिमीहरूलाई अति गाह्रो पर्छ। हे इस्राएल हो, तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने देवी-देवताहरू यहाँ छन्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”