1 Kings 12:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठौँ महिनाको पन्‍ध्रौँ दिनमा यारोबामले यहूदामा मानिने चाडजस्‍तै एउटा चाड सुरु गरे। बेथेलको वेदीमा तिनले आफूले बनाएका सुनका साँढेहरूलाई बलि चढाए। आफूले बनाएका पूजा-स्‍थलहरूमा सेवा कार्य गर्ने पूजाहारीहरूलाई तिनले बेथेलमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आठौँ महिनाको पन्‍ध्रौँ दिनमा यहूदामा भएको चाड़जस्‍तै एउटा चाड़ ठहराए, र वेदीमा बलिदानहरू चढ़ाए। बेथेलमा आफूले बनाएका बाछाहरूका निम्‍ति तिनले बलिदान चढ़ाए। बेथेलमा आफूले बनाएका डाँड़ा-डाँड़ाका पूजा गर्ने थानहरूका पूजाहारीहरू पनि नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदामा मनाइने चाडजस्तै बेथेलमा पनि आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे। अनि वेदीमा बलिदानहरू चढाए। यसरी तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए। बेथेलमा आफूले बनाएका अग्ला देवस्थानहरूमा तिनले पुजारीहरू पनि नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए।