1 Kings 12:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि आफूले ठहराएको आठौँ महिनाको पन्‍ध्रौं दिनमा तिनी बेथेलमा गए र इस्राएलीहरूसित आफूले सुरु गरेका चाड मनाउँदै वेदीमा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठौँ महिनाको पन्‍ध्रौँ दिनमा, तिनी आफैले तोकेको महिनामा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढ़ाए। यसरी इस्राएलीहरूका निम्‍ति तिनले चाड़ ठहराए, र बलिदान चढ़ाउनलाई आफै वेदीमा उक्‍लेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आठौँ महिनाको पन्ध्रौँ दिनमा आफूले रोजेको महिनामा, तिनले बेथेलमा आफूले बनाएको वेदीमा बलिदानहरू चढाए। यसरी तिनले इस्राएलीहरूका निम्ति त्यो चाड स्थापना गरे, र भेटीहरू चढाउन वेदीमा गए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यारोबामले इस्राएलीहरूको चाड मनाउन आफ्नै समय ठीक गरे। यो आठौं महिनाको पन्ध्रौं दिन थियो। त्यस समयमा उनी बेदीमा बलिहरू चढाउने गर्दथे अनि धूप बाल्दथे जो उनले बनाएका थिए। यो बेतेल शहरमा थियो।