1 Kings 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “यी मानिसहरूको सेवा असल प्रकारले तपाईं गर्न चाहनुहुन्‍छ भने तिनीहरूलाई तिनीहरूले चाहेको उत्तर दिनुहोस् र तिनीहरूले सदैव भक्तिसाथ तपाईंको सेवा गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “यदि आज हजूर यी मानिसहरूका सेवक भएर तिनीहरूको सेवा गर्नुहुन्‍छ र अहिले तिनीहरूले चाहेको जवाफ हजूरले तिनीहरूलाई दिनुहुन्‍छ भने, तिनीहरू सधैँ हजूरका सेवकहरू हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उत्तर दिए, “यदि आज तपाईं यी मानिसहरूका सेवक बन्‍नुभयो र तिनीहरूलाई मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँभरि नै तपाईंका सेवक हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग इमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”