1 Kings 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले आएर त्‍यस दिन यहूदाका अगमवक्ताले बेथेलमा के गरेका थिए र यारोबाम राजालाई के भनेका थिए, सबै उनलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला बेथेलमा एक जना वृद्ध अगमवक्ता थिए। तिनका छोराहरू आएर बेथेलमा त्‍यस दिन परमेश्‍वरका जनले गरेका सबै कुरा तिनलाई सुनाइदिए। उनले राजालाई भनेका कुरा पनि तिनीहरूले आफ्‍ना बुबालाई सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले परमेश्‍वरका जनले त्यस दिन जे गरेका थिए, ती सबै आएर तिनलाई सुनाइदिए। तिनीहरूले आफ्ना पितालाई तिनले राजालाई भनेको कुरा पनि सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए।