1 Kings 13:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी यहूदाबाट आएका अगमवक्ताको खोजीमा बाटो लागे र उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेका भेट्टाए। वृद्ध अगमवक्ताले सोधे, “के तपाईं नै यहूदाबाट आएका अगमवक्ता हुनुहुन्छ?” “ज्‍यू, म नै हुँ।” यहूदाका अगमवक्ताले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती परमेश्‍वरका जनलाई पहिल्‍याउन गए। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेका भेट्टाए, र तिनले भने, “यहूदाबाट आएका परमेश्‍वरका जन तपाईं नै हुनुहुन्‍छ?” उनले भने, “ज्‍यू, म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्‍वरका जनको खोजीमा लागे। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेको भेट्टाए, र सोधे, “के यहूदाबाट आउने परमेश्‍वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?” परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”