1 Kings 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथेलका वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंजस्तै अगमवक्ता हुँ र परमप्रभुको आज्ञा भएर तपाईंलाई मेरो घरमा लगी अतिथि-सत्कार गर्न एउटा स्वर्गदूतले मलाई भने।” तर ती बुढो अगमवक्ताले ढाँट्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती वृद्ध अगमवक्ताले जवाफ दिए, “म पनि तपाईंजस्तै एक जना अगमवक्ता हुँ। परमप्रभुको वचनद्वारा मसँग खान र पिउन तपाईंलाई मेरो घरमा ल्याउनू भनी एउटा स्वर्गदूतले मलाई भन्नुभएको हो।” (तर तिनले त उनलाई भनेको यो कुरा झूटो थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंझैँ एक अगमवक्ता हुँ। एक जना स्वर्गदूतले याहवेहको वचनद्वारा ‘तिनलाई आफूसित तिम्रो घरमा फर्काएर ल्याउनू र तिनले खाना खाऊन् र पानी पिऊन्’ भनी मलाई भनेका छन्।” (तर तिनले उनलाई झूटो बोलेका थिए।)
Nepali ERV (पवित्र बाइबल)
तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”